जनता टाइम्स

२४ पुष २०७८, शनिबार २०:२६

महेश बस्नेतको गृहजिल्ला भक्तपुरमा नेतृत्व सर्वसम्मत, अध्यक्षमा देउजा


भक्तपुर, पुस २४ । नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतको गृहजिल्ला भक्तपुरमा सर्वसम्मत नेतृत्व चयन भएको छ । भक्तपुरको अध्यक्षमा बचन देउजा सर्वसम्मत चयन हुनुभएको हो । शुक्रबारबाट सुरु भएको आठौं जिल्ला अधिवेशनबाट देउजालाई सर्वसम्मत रूपमा चयन गरिएको हो ।

शनिबार भएको बन्दसत्रमा देउजाको अध्यक्षतामा उपाध्यक्षमा वासुदेव थापा चयन हुनुभएको छ । यस्तै सचिवमा मोहन वीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाल चयन हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक शिवराम तिमल्सिनाका अनुसार देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर जिल्ला कमिटी निर्वाचित भएको हो ।