जनता टाइम्स

११ माघ २०७८, मंगलवार १७:११

माधवको त्रास : चुनावमा पाँच दल नमिले पत्तासाफ


काठमाडौं, माघ ११ । कांग्रेसको नेतृत्वमा गठबन्धन बनाएर नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने अभियानमा लाग्नुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनावमा कांग्रेसले धोका दिए समाप्त हुने निश्कर्षमा पुगेको तथ्य उजागर गर्नुभएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले संबिधानबिपरित स्थानीय तहको निर्वाचन २०७९ चैतसम्म गर्न सकिने आपत्तिजनक अभिब्यक्तिसहित आफ्नो दल गठबन्धनबिना चुनावमा जित्ने अवस्थामा नरहेको स्वीकारोत्तिः गर्नुभएको हो । आगामी तीन ओटै तहको निर्वाचनमा पाँच दल मिलेरै जान्छ, एक्लै जाने गल्ती हामी गर्दैनौं,’ नेपालले भन्नुभयो । उहाँको यो भनाईको अर्थ एक्लै गए नेकपा एकीकृत समाजवादी पत्तासाफ हुने निश्कर्ष निकाल्न सकिने कार्यक्रमकै सहभागीको बुझाइ छ ।

अध्यक्ष नेपालको अभिब्यक्तिले एक्लै चुनावमा जाने अवस्था बनेमा एमालेलाई कसैले हराउन नसक्ने प्रष्टै संकेत गरेको छ । नेपालले नेता मानेको दल सत्तारुढ नेपाली कांग्रेसभित्र चुनावमा गठबन्धन गर्न नहुने चर्काे दवाव रहेको बेला उहाँले भने गठबन्धनबिना चुनावमा जाने गल्ती आफूहरुले नगर्ने बताउनु भएको छ । नेपालले स्थानीष् तहको सवैभन्दा अघि गर्नुपर्ने संबैधानिक ब्यवस्थाबिपरित सवैभन्दा पछि आगामी २०७९ चैत्रमा गर्ने सुविधा आफूहरुलाई भएको जिकिर गर्नुभयो ।

‘असोज, कात्तिक मंसिर महिनामा केन्द्रको चुनाव, प्रदशको चुनाव र स्थानीय चुनावमा जानेछौं, त्यो पनि गठबन्धन मिलाएरै जानेछौं,’ नेपालको भनाई थियो । गत २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेद्वार बनेर बिजयी बन्नुभएका नेपाल सत्ताका लागि आफ्नै दलको सरकार ढालेर कांग्रेस गठबन्धनमा जानुभएको हो । आगामी निर्वाचनमा कांग्रेसकै साहारामा चुनाव लडने योजना बनाएको तथ्य पनि नेपालको भाषणमा खुलेको छ । उहाँको यस भनाईले नेकपा एमाले आफूले छाडेपछि झनै बलियो बनेको र जनताको समर्थन बढेको प्रष्ट बुझाइ रहेको बोध पनि गराएको छ ।

अध्यक्ष नेपालले २०७४ असोज ७ गते स्थानीय तहको अन्तिम मत परिणाम आएकोले त्यसैलाई आधार मानेर अर्को चैतसम्म चुनाव गर्नुपर्ने भन्दै चुनावबिरोधी अभिब्यक्ति दिनुभएको हो ।