जनता टाइम्स

११ माघ २०७८, मंगलवार १७:१३

विदेशमा बस्ने नेपालीले चुनावमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने भन्दै अमेरिकामा कार्यवाहक राजदुतलाई ज्ञापनपत्र


अमेरिका, माघ ११ । रोजगारीको सिलशिलामा विदेशमा बसोबास गर्ने र नेपालीहरुलाई उनीहरु बसेकै स्थानबाट नेपालका निर्वाचनमा मतदानको अधिकार दिन माग गरिएको छ।

अमेरिकाको वासिंगटन डिसी स्थित नेपाली दूतावासमा कार्यवाहक राजदूतमार्फत प्रवासी नेपाली मञ्च, का विदेशस्थित सबै कमिटीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाका नाममा एक पत्र लेख्दै सो माग गरेका छन् । मञ्चको अन्तर्राष्ट्रिय कमिटीले नेपालमा परराष्ट्र मन्त्रालय तथा निर्वाचन आयोगमा र माहदेशीय कमिटी तथा राष्ट्रिय कमिटीहरूले जनवरी २४ सोमबार एकै दिन संसारभरिका नेपाली दुतावासहरूमा नेपालको नागरिकता कायम रहेका तर अध्ययन ,रोजगारी र विभिन्न पेशा व्यावसाय गरी प्रवासमा रहेकाहरुलाई सोही ठाउँबाट नेपालको निर्वाचनमा मतदानको व्यवस्था गर्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको मञ्चका अमेरिका अध्यक्ष प्रभुराम थापाले जानकारी दिनुभयो ।

प्रवासी नेपाली मंच अमेरिका राष्ट्रिय कमिटीले अमेरिकाको वासिंगटन डिसिस्थित नेपाली दूतावासमा मन्चका अमेरिका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापा, सचिव कृष्णप्रसाद लामिछाने ,न्यूोयोर्क ,पेन्सिलभेनिया ,मेरिल्यान्ड र भर्जिनिया राज्य कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा कार्यवाहक राजदुत कुमार खरेललाई ज्ञापनपत्र बुझाउनु भएको हो ।

सो अवसरमा दुतावासका ईकोनिमिक काउन्सिल होमकान्त भण्डारीको पनि उपस्थिति थियो। ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत खरेलले महत्वपूर्ण विषयको उठान् गरेकोमा मन्चलाई धन्यवाद दिँदै यसलाई प्रधानमन्त्री समक्ष पठाउने बताउनुभयो । अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य डा। विमला भण्डारी र भक्त गुरूङलगायतले भने परराष्ट्र मन्त्रलयका सचिव भरत पौडेल र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाउनु भएको थियो । पत्रमा संसारभर विभिन्न कामले छरिएर रहेका र विदेशको नागरिकता नलिएका नेपालीहरुलाई उनीहरु जहाँ बसेका हुन् त्यहीबाट नेपालका चुनावहरुमा मतदान गर्ने व्यबस्था मिलाउन माग गरिएको छ।

This image has an empty alt attribute; its file name is 271715268_356327439297530_5238071215602290067_n-Copy-488x650-1.jpg