जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार १५:५१

प्रवासी नेपाली मञ्च अमेरिकामा निर्वाचनबाट नेतृत्व चयन, अध्यक्षमा छबि पाण्डे बिजयी बन्दा यस्तो बन्यो टीम (सूचीसहित)


ड्यालस, टेक्सस (अमेरिका), जेठ १९ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको अध्यक्षमा छवि पाण्डे निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न ओएनएफ अमेरिकाको चौथो राष्ट्रिय अधिवेशनबाट निवर्तमान कार्यसमितिका सचिव पाण्डे अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

प्रवासी नेपाली मञ्च अन्त्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यता र सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापाको बिशेष आतिथ्यमा भएको अधिवेशनमा अध्यक्ष निर्वाचित पाण्डेसहित तीन जना उम्मेदवार कायम रहेपछि चुनाव भएको थियो ।

नेताहरुले कामका आधारमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न गरेको प्रयाश बिफल भएपछि निर्वाचनमार्फत नेतृत्व चयन भएको हो । सहमति जुटन नसकी भएको निर्वाचनमा १०१ मत प्राप्त गरी निवर्तमान कार्यसमितिका सचिव पाण्डे बिजयी बन्दा प्रतिस्पर्धी डा. थोमश बास्तोलाले ७४ मत र गोपाल कँडेलले १८ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी उपाध्यक्षमा डिबी राउत, गोबिन्द खनाल, मैयाँ ढुंगाना र सञ्जयसिंह केसी निर्वाचित हुनुभएको छ ।

यस्तै सचिवमा बिजय भट्टराई, उपचिवमा बिजय बगाले, लोकनारायण थापा, साधना पन्त र उपेन्द्र राउत निर्वाचित हुनुभएको छ । अधिवेशनले सदस्यहरुमा अर्जुन त्रिपाठी, बलभद्र खडायत, बिजय बुढा, दिपक सापकोटा, दुर्गा बिश्वकर्मा, दुर्गाकुमार आचार्य, गोपी ढुंगाना, प्रकाश बस्नेत, पुन्यवती पाठक, पुरुषोत्तम बराल, श्रीकृष्ण गौतम, सूर्य लिङ्देन, भुवन अधिकारी, शंकर लिङ्देन र गणेशप्रसाद पौडेललाई निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले अन्तराष्ट्रिय कमिटीको निर्देशन, ओएनएफका सदस्यहरुको भावना र चाहनाअनुसार काम गर्ने प्रतिवद्धता जनाृउनु भएको छ । उहाँले चुनावमा प्रतिस्पर्धा भएपनि आफू सवैलाई समेटेर अघि बढने भन्दै निर्वाचनमा भएको पराजयलाई हारका रुपमा नलिन दुवै जना प्रतिस्पर्धीलाई आग्रह गर्नुभएको छ ।