जनता टाइम्स

१८ जेष्ठ २०८२, आईतवार १५:२७

प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन सुरु, नेपाली कलाकारको बेजोड प्रस्तुतीले ततायो माहोल (फोटोफिचर)


ड्यालस, टेक्सस (अमेरिका), जेठ १८ । प्रवासी नेपाली मञ्च(ओएनएफ) अमेरिकाको चौथो राष्ट्रिय अधिवेशन सुरु भएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यता र अध्यक्ष कृष्ण लामिछानेको सभापतित्वमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

टेक्सस राज्यको ड्यालसमा भएको अधिवेशनमा सवल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली भन्ने मुल नारा रहेको छ । अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापालगायत अन्तराष्ट्रिय कमिटीका नेताहरु, अमेरिकास्थित संघ संस्थाका अगुवाहरुको सहभागिता रहेको छ ।

अधिवेशनमा प्रमुख अतिथी सञ्जय थापा, बिशेष अतिथी प्रभु थापासहित गैर आवासीय नेपाली संघ आइसीसीका महासचिव गौरीराज जोशी, ओएनएफ अन्तराष्ट्रिय कमिटी सदस्य तथा महिला विभाग प्रमुख कुन्ती थापा, अमेरिका महादेश संयोजक इश्वरी भट्टसहित एनआरएन एनसीसी, जनसम्पर्क समिति, नेजा ,प्रवासी नेपाली समाजलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले आफ्नो धारणा राख्नुभएको थियो ।

अधिवेशनको क्रममा ओएनएफ अमेरिकाले अमेरिकामा रहेर बिभिन्न क्षेत्रमा उल्लेख्य काम गर्ने अगुवाहरुलाई सम्मान समेत गरेको छ । अधिवेशनको उदघाटन कार्यक्रममा नेपालीपन झल्काउने बिभिन्न गीत संगीत प्रस्तुत गरिएको थियो ।

अमेरिका महादेश इंचार्ज थापाका अनुसार अआज नै बन्द शत्र संचालन गरी नया नेतृत्व चयन गरिने छ ।