काठमाडौं, माघ ११ । सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमा अदालतले आज यस्तो आदेश दिएको हो । बजारमा सिटामोल औषधिको अभाव भएको र संविधानले जनतालाई स्वास्थ्यलाई आधारभूत अधिकारका रुपमा स्वीकार गरेको दाबीसहित सामान्य औषधिको समेत अभाव हुँदा सरकार मूकदर्शक बन्नु संविधानकै उपहास हुने रिट निवेदकको जिकिर छ ।
उक्त रिट निवेदनमाथि आज न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको हो । सुनुवाईपछि शर्माको इजलाशले संघीय सरकार र प्रदेश सरकारलाई अल्पकालिन अन्तरिम आदेश दिएको हो ।













प्रतिक्रिया दिनुहोस्