काठमाडौं, १६ माघ । भारतका कमेडी किङ कपिल शर्मा चिनाइरहनुपर्ने नाम होइन । उहाँको कमिक टाइमिङले उहाँलाई जहिल्यै लोकप्रिय बनाएको छ । कपिल नयाँ शो ‘आई एम नट डन येट’ लिएर दर्शकमाझ आउनुभएको छ । यो शोमा उहाँका केही किस्सा दर्शकले थाहा पाइरहेका छन् ।
कपिल शर्मा कुनै समय डिप्रेसनको शिकार हुनुभएको थियो । उहाँले आफू डिप्रेसनमा हुँदा के गर्थे भन्ने कुराको खुलासा गर्नुभएको छ । कपिल आफ्नो शो बन्द हुँदा डिप्रेसनमा पुग्नुभएको थियो । ‘मेरो शो बन्द भएपछि म समय बिताउन आधा रातमा मदिरा पिउँदै नेटफ्लिक्समा नार्कोस हेर्थें । मेरो कुकुर जन्जीर पनि मसँगै हुन्थ्यो ।
किनकि म मदिराको सुरमा पूरा एपिसोड हेर्थे । त्यसपछि बिहान उठेर फेरि त्यही शो हेर्थें । मदिराले गर्दा केही कुरा सम्झँदैन थिएँ । त्यसकारण बिहान पुनः शो हेर्थें’, उहाँले भन्नुभएको छ । कपिल डिप्रेसन विदेशीलाई मात्र हुन्छ भन्ने सोच्नुहुन्थ्यो । तर आफूलाई परेपछि उहाँले यो सबैलाई हुँदो रहेछ भन्ने भयो ।
उहाँले आफ्ना साथीभाईलाई पनि आफू डिप्रेसनमा भएको बताउने गर्नुभएको थियो । तर साथीहरुले भने दुई पेग मदिरा खाएर निस्किएपछि डिप्रेसन हट्छ भन्ने सल्लाह दिनुहुन्थ्यो । अन्ततः उहाँले साथीको कुरा सुन्नुभएन, अनि एक राम्रो थेरापिस्टसँग आफ्नो उपचार गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्