जनता टाइम्स

१९ माघ २०७८, बुधबार ०६:१३

गठबन्धन सरकारले बनायो अर्काे रेकर्ड, पेट्रोलियम पदार्थको मुल्य इतिहासकै महंगो


काठमाडौं, माघ १९ । नेपाल आयल निगमले आजबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टितेल समान ३–३ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ । निगमले मंगलवार राती जारी गरेको सूचनाअनुसार बाह्य हवाई इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १ सय १५ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य १० रुपैयाँ बढाएर प्रतिलिटर १ सय १६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य १ सय डलरले बढाएर प्रतिकिलोलिटर १ हजार ९५ डलर प्रतिकिलोलिटर निर्धारण गरेको छ ।

पेट्रोलियम पदार्थमा यसपटकको मुल्यबृद्धिपछि इतिहासमै सवैभन्दा महंगो हुन पुगेको छ । यसअघि २०७० साल फागुन ३० गते गरिएको बुल्यबृद्धिमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ४० रुपैयाँ कायम भएको थियो । आठ बर्षपछि पाँच दलीय गठबन्धन सरकारको पालामा त्यो रेकर्ड तोडेर १ सय ४२ रुपैया पुर्याइएको छ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेका कारण नेपाली बजारमा पनि समायोजन गर्नुपरेको निगम प्रवक्ता उपाध्यायको दावी छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेर ९१.२१ डलर प्रतिबिन्दुसम्म पुगेको छ । सोमबार साँझ कच्चा तेलको मूल्य यो बिन्दुमा पुगेर मंगलबार साँझ भने ८८.६१ डलर प्रतिब्यारेलमा झरेको छ। कच्चा तेलको भाउ उच्च बिन्दुमा पुगेर स्थिर वा सामान्य दरमा वृद्धि हुँदा आयल निगमले सोहीअनुसार मूल्य समायोजन गर्न नपाई घाटा हुँदै आएको जनाएको छ । १५ दिनअघि ५ माघमा निगमले मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ८८.४४ डलर प्रतिब्यारेल थियो ।

यसपटक पेट्रोल ४.९२ रुपैयाँ, डिजेल ७.२४ रुपैयाँ, मट्टितेल ८.८० रुपैयाँ र हवाई इन्धन ७.४८ रुपैयाँ प्रतिलिटरका दरले बढेर आएको निगम प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । योपटक ग्यासको भाउ भने ८१.६२ रुपैयाँ प्रतिसिलिन्डर घटेर आएको तर यो मूल्य समायोजन गर्दा पनि निगमलाई अझै ग्यासमा प्रतिसिलिन्डर ५ सय ६० रुपैयाँ ९ पैसा नोक्सान रहेकाले मूल्य यथावत राखेको बताउनु भयो ।

पेट्रोलियम पदार्थमा यसपटकको मुल्यबृद्धिपछि इतिहासमै सवैभन्दा महंगो हुन पुगेको छ । यसअघि २०७० साल फागुन ३० गते गरिएको बुल्यबृद्धिमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ४० रुपैयाँ कायम भएको थियो । आठ बर्षपछि पाँच दलीय गठबन्धन सरकारको पालामा त्यो रेकर्ड तोडेर १ सय ४२ रुपैया पुर्याइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले बाणिज्य तथा आपुर्ति मन्त्रालय सम्हाल्नुभएको बेला भएको यो मुयबृद्धिले उपभोक्ताको ढाड भने सेकिएको छ ।