काठमाडौं, माघ १९ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको एकता र सहिष्णुताको रुपमा रहेको बहुसांस्कृतिक विशेषताहरुलाई समृद्घ देश निर्माणमा सदुपयोग गर्नु पर्ने बताउनु भएको छ । तामाङ समुदायको महान पर्व सोनाम ल्होछार (लाङ/म्हे ल्हो) अर्थात् नयाँ वर्षको शुभअवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो प्रस्ताव राख्नुभएको हो ।
‘हाम्रो सुन्दर देश नेपालका बहुसांस्कृतिक विशेषताहरु हाम्रो मौलिक पूँजीको रुपमा रहेका छन । एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्घ देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरु हुन । हाम्रो संविधानले विविध भाषा तथा संस्कृति सम्बन्धि विषयलाई मौलिकहकको रुपमा सुनिश्चित गरेको छ । विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । यस सन्दर्भमा तामाङ समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्घन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास व्यक्त गर्दछु,’ एमाले अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ ।
सन्देशमा अध्यक्ष ओलीले नेकपा (एमाले) ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतन्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा अग्रसर रहेको प्रष्ट पार्नुभएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’हामी नेपालीहरुको साझा राष्ट्रिय आकाङ्क्षा हो र नेकपा (एमाले)ले यसलाई आफ्नो गन्तव्य बनाएको छ । यस उद्देश्यलाई प्राप्त गर्न स्पष्ट दूरदृष्टि,तदनुसारका नीति र कार्यक्रमहरु एवं तीनीति र कार्यक्रमहरुलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यहरु सहित नेकपा (एमाले) अघि बढिरहेको छ । समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा प्राप्तिको अभियानमा गोलवन्द हुन म यस सुखद् अवसरमा सबैमा हार्दिक आग्रह गर्दछु,’ ओलीको भनाई छ ।
शुभकामनाको पर्णपाठ
तामाङ समुदायको महान पर्व सोनाम ल्होछार (लाङ/म्हे ल्हो) अर्थात नयाँ वर्षको शुभअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी÷दाजुभाइहरुमासुस्वास्थ्य,समृद्घि, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्तगर्दछु ।
हाम्रो सुन्दर देश नेपालका बहुसांस्कृतिक विशेषताहरु हाम्रो मौलिक पूँजीको रुपमा रहेका छन । एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्घ देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरु हुन । हाम्रो संविधानले विविध भाषातथा संस्कृति सम्बन्धि विषयलाई मौलिकहकको रुपमा सुनिश्चित गरेको छ । विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । यस सन्दर्भमा तामाङ समुदायको रीति,परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्घन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास व्यक्त गर्दछु ।
नेकपा (एमाले) ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतन्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुकनिर्माणमा अग्रसर छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीहरुको साझा राष्ट्रिय आकाङ्क्षा हो र नेकपा (एमाले)ले यसलाई आफ्नो गन्तव्य बनाएको छ । यस उद्देश्यलाई प्राप्तगर्न स्पष्ट दूरदृष्टि,तदनुसारका नीति र कार्यक्रमहरु एवं तीनीति र कार्यक्रमहरुलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यहरु सहित नेकपा (एमाले) अघि बढिरहेको छ । समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा प्राप्तिको अभियानमा गोलवन्द हुन म यस सुखद् अवसरमा सबैमा हार्दिक आग्रहगर्दछु ।
अन्त्यमा, तामाङ समुदायको महानपर्व सोनाम ल्होछारका अवसरमा दिदीबहिनी तथा दाजुभाइहरुमा पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु ।
१९ माघ २०७८
केपी शर्मा ओली
अध्यक्ष













प्रतिक्रिया दिनुहोस्