काठमाडौं, माघ १९ । नेकपा एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको अकर्मन्यताको पटाक्षेप भएको आवधिक निर्वाचन गराउनेतर्फ ध्यान नदिँदा प्रजातन्त्र नै गुमेको १७ बषअघिको कालो इतिहास संझाउनु भएको छ ।
तात्कालिन राजाले कू गरेको माघ १९ लाई स्मरण गर्दै महासचिव पोखरेलले जननिर्वाचित प्रधानमन्त्री शेरवहादुर देउवाको अकर्मण्यताको पटाक्षेप भएको दिन भन्नुभएको छ ।
‘माघ १९, प्रतिगमनको दुश्चक्रको पुनरावृत्ति भएको दिन । जननिर्वाचित प्रधानमन्त्री शेरवहादुर देउवाको अकर्मण्यताको पटाक्षेप भएको दिन । शाही नेपाली सेनाको घेरावन्दीवाट जोगिएर नखोसिने लोकतन्त्रको यात्रामा अघि वढेको दिन । पीडाजनक इतिहासवाट शिक्षा लिएर संघिय लोकतान्त्रिक गणतन्त्रलाई सस्थागतगर्ने दिशामा अघि वढौं,’ सामाजिक सञ्जालमार्फत एमाले महासचिव पोखरेलले भन्नुभएको छ ।

२०६१ माघ १९ गते तात्कालिन राजा ज्ञानेन्द्रले कू गरी मन्त्रिपरिषदको अध्यक्ष आफै भएको घोषणा गर्नुभएको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्