दोलखा, माघ २२ । जनता समाजवादी पार्टीका नेताहरु धमाधम नेकपा एमालेमा प्रवेश गर्न थालेका छन । यही क्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य तथा दोलखा जिल्ला सचिव सन्तोष राउत आफ्नो टीमसहित नेकपा एमालेमै फर्कनु भएको छ ।
एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले दिनुभएको जानकारीअनुसार सचिव राउत आफ्नो सम्पुर्ण टीमसहित एमालेमा प्रवेश गर्नुभएको हो । नेता राउतसँगै सो पार्टीका भीमेश्वर नगर कमिटी, कालिञ्चोक गाउपालिका कमिटी र गौरीशंकर गाउपालिका कमिटीका नेताहरु पनि एमालेमा प्रवेश गरेका छन ।
एमालेमा प्रवेश गर्ने नेताहरुलाई नेकपा एमालेका पोलिटव्युरो सदस्यद्वय आनन्दप्रसाद पोखरेल, र पार्वत गुरूङ, केन्दीय सदस्य तथा दोलखा इन्चार्ज सरस्वती वस्नेत, केन्द्रीय सदस्य रचना खड्का, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठलगायतका नेताहरुले स्वागत गर्नुभएको छ ।
जसपाबाट मुलुक र जनताले धोका मात्रै पाउने निश्कर्षमा पुगेको कारण एमाले रोज्नुभएका राउतले आगामी चुनावसम्म सो पार्टीमा कोही पनि नबस्ने घोषणा गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्