काठमाडौं, माघ २९ । आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ ।केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र अहिले तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको छ ।प्रदेश एक र वाग्मती प्रदेशका पहाडी एकरदुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा भने मौसम सामान्यता सफा नै रहेको तथा आज दिउँसो र राति पनि मौसम सफा रहने महाशाखाले जनाएको छ ।
आज देशभरका धेरै ठाउँको मौसम सफा : वाग्मतीमा हल्का वर्षाको सम्भावना













प्रतिक्रिया दिनुहोस्