जनता टाइम्स

३ फाल्गुन २०७८, मंगलवार ०९:५१

सवै मन्त्री प्रेम आले जस्तै बन्नुपर्ने माधवको त्यो निर्देशन


काठमाडौं, फागुन ३ । भारतमा रहेका एक नेपाली नागरिकलाई अश्लित गालीगलोज गर्दै अपहरणको धम्की दिने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई उहाँको दलका नेता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै प्रसंशा गर्नुभएको छ ।

अध्यक्ष नेपालले केही दिन अघि सवै मन्त्रीहरुलाई आले जस्तै बन्ने निर्देशनसमेत दिनुभएको थियो । माधवले केही दिन अघि एक सार्वजनिक कार्यक्रममा प्रेम आलेको प्रशंसा गर्दै भन्नुभएको थियो, ‘मन्त्री त प्रेम आले जस्तो हुनुपर्छ, अरु मन्त्रीहरुलाई पनि म आले जस्तै बन्न निर्देशन दिन्छु ।’

माधवको निश्कर्ष प्रेम आले नेकपा एसको उत्कृष्ट र प्रशंसा योग्य मन्त्री हुनुहुन्छ । भारतमा रहेका एक नेपालीले फेसबुकमा कमेन्ट गर्दा मन्त्री आलेले आमलाई गाली गर्दै अत्यन्तै आपत्तिजनक शब्द प्रयोग गरेर माधवको उत्कृष्ट मन्त्री बनेको प्रमाण दिनुभएको छ ।