जनता टाइम्स

४ फाल्गुन २०७८, बुधबार १४:१७

एमसीसीविरुद्ध प्रर्दशन : प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त


काठमाडौं, ४ फागुन । एमसीसीविरुद्ध प्रर्दशनमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । एमसीसी संसदमा टेवल नगर्न दवाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरु सहितका प्रर्दशनकारीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा समेत प्रयोग गर्नु परेको थियो ।

त्यसक्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो । अहिले पनि नयाँबानेश्वर–बबरमहल–माइतीघर सडकखण्डमा प्रर्दशनकारीहरुले एमसीसी संसदमा टेवल नगर्न दवाव दिँदै सरकारविरुद्ध चर्का नाराबाजी लगाइरहेका छन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा विरोध प्रर्दशन भईरहेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका सत्तारुढ दलहरुले एमसीसी यथास्थितिमा पास गर्नु नहुने अडान लिएका छन । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस भने एमसीसी संसदबाट पास गर्नुपर्ने पक्षमा रहेको छ । प्रदर्शनमा सहभागी वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले एमसीसी नेपालको हीतमा कदापि नभएको दाबी गर्नुभयो । उहाँले एमसीसीले नेपालको भौगोलिक अखण्डतामाथि पनि चुनौति थप्ने बताउनु भयो । वरिष्ठ अधिवक्ता भण्डारीले एमसीसी सम्झौता लागू भएमा नेपालको कानून र सुरक्षा निकायले पनि एमसीसीको मुद्दा हेर्न नपाउने व्यवस्था रहेको बताउनुभयो ।वरिष्ठ अधिवक्ता भण्डारीले भन्नुभयो, ‘एमसीसीले हाम्रो भौगोेलिक अखण्डतामाथि पनि चुनौति दिएको छ । हाम्रो कानून प्रणाली भनेको के हो भने सबैलाई कानूनले सम्मान व्यवहार गर्दछ । अपराधीलाई दण्डित गर्दछ ।

निर्दोषलाई संरक्षण गर्छ भन्ने हो । तर जहाँ एमसीसी प्रोजेक्ट लागू हुन्छ त्यहाँ एमसीसीको अपराधमा नेपालको अदालतले पनि मुद्दा हेर्न पाउँदैन, सुरक्षा निकायले पनि अनुसन्धान गर्न पाउँदैन । त्यसले गर्दा हमीले सोच्दै नसोचेको अकल्पनीय, हाम्रो कानूनि प्रणाली भन्दा पनि बाहिरको फौजदारी सजाय पनि नहुने जुन किसिमको एमसीसीमा गरियो त्यो हाम्रो लागि सह्य छैन ।’वरिष्ठ अधिवक्ता भण्डारीले एमसीसीमा नेपालीहरुका लागि अकल्पनीय कानूनी प्रणाली समावेश गरिएको भन्दै त्यो कुरा कोही पनि नेपालीहरुका लागि सैह्य नहुने चेतावनी दिनु भयो ।