जनता टाइम्स

६ फाल्गुन २०७८, शुक्रबार ०८:२६

गिरिजादेखि-केपी-बाबुराम-देउवासम्मलाई प्रचण्डले यसरी दिए धोखा, यी हुन प्रचण्डका ६ बिश्वासघात (सूचीसहित)


काठमाडौं, फागुन ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकार्य गरेका सवै नेतालाई धोका दिनुभएको तथ्य उजागर भएको छ । आफूसँगै युद्ध गर्ने बरिष्ठ नेता डा. बाबुराम भट्टराईदेखि राजा हुँदै पछिल्लो पटक प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई धोखा दिएको तथ्य बरिष्ठ पत्रकार बबिता बस्नेतले राख्नुभएको छ ।

बस्नेतका अनुसारमाओवादी अध्यक्ष प्रचण्डले धीरेन्द्रमार्फत वार्ता गरी राजसंस्था मान्छौं भनेर राजालाई धोखा दिनुभयो । राष्ट्रपति बनाउछु भनेर गिरिजाप्रसाद कोइरालालाई पनि धोखा दिनुभयो । पार्टी अध्यक्ष बनाउँछु भनेर बाबुरामलाई धोखा दिनुभयो । तपाईकै नेतृत्वमा पाँच बर्ष सरकार चलाउन दिन्छु भनी तिन बर्षमैं सरकार ढालेर केपी ओलीलाई धोखा दिनुभयो । एमसीसी पास गर्छु भनेर सरकारमा पुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई धोखा दिनुभएको छ ।

यस्तै प्रचण्डले जनवादी ब्यवस्था ल्याउँछु भनेर माओवादी लडाकुलाई धोखा दिनुभएको बस्नेतले उल्लेख गर्नुभएको छ ।

यी हुन बस्नेतले औल्याउनु भएको ६ चर्चित धोखा
माओवादी अध्यक्ष प्रचण्डले धीरेन्द्र मार्फत वार्ता गरी राजसंस्था मान्छौं भनेर राजालाई धोखा दिए । राष्र्टपति बनाउछु भनेर गिरिजाप्रसाद कोइरालालाई धोखा दिए । पार्टी अध्यक्ष बनाउँछु भनेर डा. बाबुराम भट्टराईलाई धोखा दिए । तपाईकै नेतृत्वमा पाँच बर्ष सरकार चलाउन दिन्छु भनी तिन बर्षमैं सरकार ढालेर केपी ओलीलाई धोखा दिए । एमसीसी पास गर्छु भनेर सरकारमा पुगेपछि शेर बहादुर देउवालाई धोखा दिए । जनवादी ब्यवस्था ल्याउँछु भनेर माओवादी लडाकुलाई धोखा दिए…