काठमाडौं, फागुन ७ । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले काठमाडौंको दहचोकमा आलिशान महल बनाउनु भएको छ । व्यापार व्यवसायमा नलागेका उपराष्ट्रपति पुनले करिब सात करोडभन्दा बढी मूल्यको जमिनमा ‘हवेली’ निर्माण गराइरहनु भएको हो ।
उपराष्ट्रपतिको जिम्मेवारीमा रहनुभएका पुन यस्तो ठाउँमा जमिन लिएर घर बनाउँदैछन् कि जहाँबाट काठमाडौं उपत्यका र हिमालय श्रृङ्खलाको पूरै दृष्य देखिन्छ । चन्द्रागिरी नगरपालिकाको वडा नं १ दहचोकस्थित इतिहासपुरुष वीर कालु पाण्डेको समाधिस्थलबाट पूर्वपट्टिको अति रमणीय स्थानमा दुई रोपनीभन्दा केही बढी जमिन खरिद गरेर घर निर्माण भइरहेको छ । पुनको कार्यकाल अब एक वर्षभन्दा कम छ र, बाँकी जिन्दगी ‘आनन्द’सँग बिताउने योजनाका साथ उनले उक्त बङ्ला निर्माण गरेको त्यहाँ पुग्नेहरू जो कोहीले महसूस गर्न सक्छन् ।
सो स्थानमा अहिले जमिनको मूल्य प्रतिआना पच्चीस लाख रुपैयाँ पर्दछ भने सोही स्थानको आसपासको भिरालो जमिनलाई समेत तेइस लाख प्रतिआनामा लेनदेन भएको स्थानीयहरू बताउँछन् । उपराष्ट्रपति पुनलेले घर निर्माण गरेसँगै उहाँको आँगनसम्म पुग्ने गरी यतिबेला सरकारी खर्चमा सडक ढलान गर्ने कार्य भइरहेको छ ।
















प्रतिक्रिया दिनुहोस्