जनता टाइम्स

१० फाल्गुन २०७८, मंगलवार २१:४७

कांग्रेस-माओवादी र जनमोर्चाका चर्चित नेता एमाले प्रवेश


दाङ फागुन १० । सामाजिक अभियन्ताको रूपमा स्थापित व्यक्तिहरूले नेकपा एमाले रोजेका छन् । लामो समय देउखुरी क्षेत्रमा काम गर्दै आएका राप्ती गाउँपालिकाका गङ्गाराम भट्टराई, गढवा गाउँपालिकामा मोहन पाण्डे(शङ्कर), दीपककुमार यादव लगायतका व्यक्ति एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले दाङ देउखुरीको आयोजनामा मंगलबार लमहीमा आयोजित कार्यक्रममा ५ सय १० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।

राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, एकीकृत समाजवादी पार्टी लगायतका पार्टी परित्याग गरी गढवा गाउँपालिकाबाट २ सय ७५, राप्ती गाउँपालिकाबाट ७५, राजपुर गाउँपालिकाबाट एक सय पाँच, लमही नगरपालिकाबाट ५५ जना एमालेमा प्रवेश गरेका हुन् । पार्टीका महासचिव शङ्कर पोख्रेलले पार्टी प्रवेश गराउनु भएको थियो ।