जनता टाइम्स

११ फाल्गुन २०७८, बुधबार १६:४६

एमसीसीको पक्षमा उभियो लोसपा


काठमाडौं, फागुन ११ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सरकारमा सहभागी भएका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बिपक्षमा मतदान गर्ने बताइरहेको बेला सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी नभएको लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा उभिएको हो । आजको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो ।