जनता टाइम्स

११ फाल्गुन २०७८, बुधबार १७:३४

माधव-प्रचण्डलाई मन्त्री रामकुमारीको काउन्टर : एमसिसीको बिरोध गर्ने भए सरकार छाडनुपर्छ


चितवन, फागुन ११ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसिसीको बिरोध गर्न नहुने र दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो ।

‘कि त सरकार छोडेर सडकमा जानु पर्यो । कि सरकारमा बसेर सडकमा जानु मिल्दैन, त्यस्तो गर्नु हुन्न,’ मन्त्री झाँक्रीले भन्नुभयो, ‘सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्छ ।

नेकपा एकीकृत समाजवादीको सचिवसमेत रहनुभएकी मन्त्री झाँक्रीले एमसीसीको बिरोधमा सडकमा जानुअघि नै सरकार छाडनु पर्ने बताउनु भयो । उहाँले थप्नुभयो, ‘विरोधाभाष कुरा हुँदैन । पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन,’ उहाँले भन्नुभयो । सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उहाँले एमसिसी गलत भए आँफुहरु ब्याक हुने बताउनुभयो ।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उहाँले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताउनुभयो । एमसिसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उहाँको भनाइ थियो । पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उहाँले यस विषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो ।