जनता टाइम्स

१४ फाल्गुन २०७८, शनिबार १६:३२

एनसीसी बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा १० प्रतिशत छुट


काठमाडौं, १४ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) का ग्राहकले ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, युएसजी, ईईजी. सीटी स्क्यान, पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत पाउने छन् ।

यसैगरी एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटीबीच पनि छुट सम्बन्धि सम्झौता भएको छ । अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्र्दा अप्टिकल्स सामागी्रमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्राप्त हुनेछ । एनसीसी बैंकले हाल १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत सेवा दिँदै आएको छ ।