जनता टाइम्स

१५ फाल्गुन २०७८, आईतवार १६:२८

प्रेम सुवालको प्रश्न : प्रधानमन्त्री ज्यू सित्तैमा पाइयो भन्दैमा विष खान सकिन्छ ?


काठमाडौं, १५ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहितविपरीत रहेकाले अनुमोदन गर्न नहुने बताउनुभएको हो । प्रतिनिधिसभामा आजबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उहाँले नेपालको हितमा नरहेको एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गर्नुभयो ।

सित्तैमा पाएको विष खान नसकिने उहाँको भनाइ छ । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,’ सुवालले भन्नुभयो, ‘सित्तैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ ।’ आफ्नो सम्बोधनभर उहाँले एमसीसी सम्झौताको विपक्षमा बोल्नुभयो ।