जनता टाइम्स

२० फाल्गुन २०७८, शुक्रबार १५:३१

शैलुङमा एमाले अध्यक्ष ओलीको भब्य स्वागत (फोटोफिचर)


दोलखा, फागुन २० । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाइ शैलुङमा भब्य स्वागत गरिएको छ । शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सवको उद्घाटन गर्न आउनु भएका ओलीलाई दोलखाली जनताले भब्य स्वागत गरेका हुन ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले दोलखास्थित शैलुङ डाँडामा आयोजना गरेको शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सव–२०७८ को आजै अध्यक्ष ओलीले आज उद्घाटनका गर्नुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले नेपालको प्रसिद्ध शैलुङ थुम्कामा आयोजना गरेको महोत्सवमा सो क्षेत्रका आदिवासी जनजातिका झाँकीहरू प्रदर्शन गरेका छन् ।

अध्यक्ष ओलीलाई शैलुङ गाउँपालिका दोलखा र दोरम्बा शैलुङ गाउँपालिका रामेछापबाट स्वागत गरिएको छ । महोत्सव उद्घाटनअघि अध्यक्ष ओलीले कालिञ्चोक भ्रमण गर्नुभएको थियो ।