जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार ०६:५७

माधव नेपालको भ्रम टुट्यो भन्दै एमालेमा समाहित भयो एकीकृत समाजवादीको सिंगो पालिका कमिटी


प्युठान, फागुन २३ । प्युठानको एकीकृत समाजवादीको सिंगो पालिका कमिटी नै नेकपा एमालेमा समाहित भएको छ । माधव नेपालको भ्रममा परेर सोपार्टीमा लागेको भन्दै जिल्लाको सरुमारानी गााउँपालिका कमिटी एमालेमा समाहित भएको हो ।

कार्यक्रममा सिंगो पालिका कमिटीसहित नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १५३ जना नेकपा एमालेमा समाहित हुनुभएको हो । हलुवाईसंगै पार्टीका जिल्ला सदस्य युवा बिद्यार्थीका नेताहरु एमालेमा प्रबेश गरेको स्थानीय पत्रकार सलिम अन्सारीले जानकारी दिनुभयो ।

उहाँहरूलाई एमाले पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य हरि रिजाल, प्रदेश सदस्य धनबहादुर रायमाझी, जिल्ला अध्यक्ष विराज विष्टले एमालेमा स्वागत गर्नुभएको छ ।