संखुवासभा, २६ फागुन । संखुवासभामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मादी नगरपालिकाको रामदेवीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मादी नगरपालिकाबाट धरान जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनुभयो ।
उहाँले बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको आफूलाई सूचना आएको बताउनुभयो । अहिले घटनास्थलमा सशस्त्र प्रहरी र प्रहरी पुगेको छ । घाइतेको उद्धारको काम भइरहेपनि बसमा कति जना थिए भन्ने खुलेको छैन । थप विवरण आउँन बाँकी छ ।













प्रतिक्रिया दिनुहोस्