काठमाडौं, २९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको आँगनमा माछा परेको टिप्पणी गर्नुभएको छ । आज एमाले उद्योग विभागले आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले देउवाको आगनमा पानी नपरेको बेलामा माछा परेको टिप्पणी गर्नुभएको हो ।
प्रतिनिधि सभामा कम सिट भए पनि गठबन्धनका कारण देउवाले प्रधानमन्त्री पद पाएको तर्फ लक्षित गर्दै ओलीले समुन्द्र र पोखरी छेउवा नभए पनि देउवाको आगनमा माछो परेको टिप्पणि गर्नुभएको हो । ‘देउवाजीको आँगनमा माछो परो बादल लागेको बेलामा । न समुद्र न पोखरी, न खोला माछा पर्छ कहिले काँही तपाईंहरुले देख्नु भएको छ कि छैन मैले देखेको छु, उहाँले भन्नुभयो,‘त्यही भएर उहाँलाई केही चिन्ता छैन । माछो ल्याएर घैलामा राख्नु भएको छ ।’
अदालतको परमादेशका कारण आफू सत्ताबाट हट्नु परेको भन्दै उहाँले भन्नुभयो,‘परमादेशबाट पारिदिएको माछाको चिन्ता छ त्यसकारण उहाँलाई देशको चिन्ता छैन ।’ त्यही भएर देउवाले देशको अर्थतन्त्रमा ध्यान नदिएको उहाँको आरोप छ ।













प्रतिक्रिया दिनुहोस्