जनता टाइम्स

२ चैत्र २०७८, बुधबार १७:१२

स्थानीय तह निर्वाचनको तीब्र तयारीमा लाग्यो एमाले, घोषणापत्र निर्माण गर्न कार्यशाला


काठमाडौं, चैत २ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय चुनाव केन्द्रित अभियानलाई तीव्रता दिएको छ । केन्द्रीय सचिवालय बैठकले स्थानीय चुनाव केन्द्रित विभिन्न निर्णय गरेलगत्तै एमालेले स्थानीय चुनावको घोषणापत्र तयारीका लागि कार्यशाला आयोजना गरेको हो ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानले स्थानीय तहका छाता संगठनका नेताहरूसहित बुधबार घोषणापत्रको प्रारम्भिक मस्यौदाको अवधारणा बनाउन लागेको छ ।

बुद्धिजिवी परिषद्को प्रस्तावमा आयोजित कार्यशालमा घोषणापत्रमा समेटिने विषयहरूमाथि नै छलफल भएको हो ।