जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार २०:३२

कांग्रेसको औचित्य सकिएको भन्दै सुर्खेतका प्रभावशाली नेता बस्नेत एमालेमा प्रवेश


सुर्खेत, चैत्र ४ । सुर्खेतमा पनि नेकपा एमाले प्रवेशको गर्नेहरुको लहर तिब्र रुपमा चलिरहेको छ । सुर्खेतका स्थानीय तहदेखि नगरपालिका प्रदेश तथा केन्द्रीय स्तरका नेताहरु धमाधम एमाले प्रवेश गरिरहेका छन् ।

फागुन महिनाभित्र मात्रै सुर्खेत जिल्ला भरिबाट हजारौं कांग्रेस, माओवादी र समाजवादीका नेता कार्यकर्ताहरु एमाले प्रवेश गरिसकेका छन् । यसै क्रममा नेपाली कांग्रेस बिरेन्द्रनगर नरपालिका वडा न १३ का पार्टी सह–सचिव तथा नेपाली कांग्रेस सुर्खेत जिल्लाका प्रभावशाली नेता ज्ञानबहादुर बस्नेत एमालेमा प्रवेश गर्नुएको छ ।

नेपाली काङ्ग्रेसले लोकतान्त्रिक बिधि पद्धतिको औचित्य समाप्त गरिसकेकोले अब यो देशमा कांग्रेसको भविष्य नभएकोले नेपाली कांग्रेस परित्याग गरेको नेता ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

नेता बस्नेतलाई एमालेका कर्णाली प्रदेश ईन्चार्ज तथा स्थायी कमिटी सदस्य यामलाल कंडेल, सुर्खेत जिल्ला कमिटी लगायतका शिर्ष नेताहरुले एमाले पार्टी कार्यालय सुर्खेतमा स्वागत गर्नुभएको थियो । नेता बस्नेतलाई पार्टीले उचित जिम्मेवारी दिने एमाले सुर्खेतका जिल्ला उपाध्यक्ष कुलमणि देवकोटाले बताउनुभयो ।