जनता टाइम्स

६ चैत्र २०७८, आईतवार १०:५४

माओवादी केन्द्र कर्णालीका नेता विष्ट थुप्रै कार्यकताका साथ आज एमाले प्रवेश गर्दै


सुर्खेत, ६ चैत । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट आज नेकपा एमाले प्रवेश गर्दै हुनुहुन्छ । उहाँ एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको प्रेस नोट सार्वजनिक गर्नुभएको थियो । आज दिउँसो वीरेन्द्रनगरको सिटी हलमा आयोजित एक कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विष्टलाई एमालेमा स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

विष्टले पनि आफू आज एमालेमा प्रवेश गर्न लागेको संचारकर्मीलाई बताउनुभएको छ । उहाँले भन्नुभयो ‘आज मसहित अन्य नेता–कार्यकर्ताहरु एमालेमा समाहित हुँदैछौं ।’ उहाँले आज सांकेतिक रुपमा एमालेमा समाहित हुने र अन्य कार्यकर्ताहरुलाई समेट्दै अघि बढ्ने बताउनुभयो ।

सुर्खेतको क्षेत्र नम्बर १ ण्क०बाट प्रदेशसभा सदस्यमा निर्वाचित विष्ट कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक हुनुहुन्थ्यो । पार्टीले एमसीसीलाई संसदबाट पास गर्न भूमिका खेलेको भन्दै उहाँले माओवादी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।