काठमाडौं, ९ चैत्र । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्ने भएको छ। केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलमा आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका प्रतिवेदनमाथि छलफल हुनेछन्। साथै सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन्।
चुनावी घोषणा पत्र तथा उम्मेदवार चयन मापदण्डलगायतबारे पनि छलफल गर्ने एजेन्डा रहेको रिजालले जानकारी दिनुभयो । बैठक बिहीबारसम्म चल्नेछ।













प्रतिक्रिया दिनुहोस्