जनता टाइम्स

९ चैत्र २०७८, बुधबार १३:२५

लोकतन्त्रको रक्षा गर्न एमालेले चुनाव जित्नैपर्छ : अध्यक्ष ओली


काठमाडौँ, चैत्र ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशकै सबैभन्दा ठूलो पार्टी भएको दाबी गर्नुभएको थियो । काठमाडौंमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कम्युनिष्टहरूमध्ये मात्र ठूलो पार्टी देशकै सबैभन्दा ठूलो पार्टी भएको बताउनुभएको हो ।

अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता पार्टी भएको समेत बताउनुभयो। उहाँले अहिले पार्टी विशेष परिस्थितिमा रहेको बताउँदै स्थानीय तहको निर्वाचनमा जसरी पनि पहिलो पार्टी बन्नुपर्ने धारणा राख्नुभयो । ‘लोकतन्त्र रहने कि नरहने, न्यायिक समाजको स्थापना हुने कि नहुने, प्राप्त उपलब्धीहरुको रक्षा हुने कि नहुने भन्ने मूख्य कुरा हो’, उहमाँले भन्नुभयो , ‘लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जित्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकले जनपरिचालन कसरी गर्ने भन्ने तय गर्ने बताउनुभयो ।

सत्तापक्षबाट जनविरोधी ढंगले प्रचारवाजी भैरहेको जिकिर गर्दै उहाँले आजका समस्या तथा चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा सहितको जनपरिचालन अभियान चलाउनु पर्ने बताउनुभयो । ओलीले सीपीएन यूएमएल एप्स बनाएको बताउँदै बिहीबारदेखि त्यो डाउनलोड गर्न सकिने जानकारी दिनुभयो । बैठकमा प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गर्ने कार्यक्रम समेत रहेको छ ।