जनता टाइम्स

१५ चैत्र २०७८, मंगलवार ०८:४५

कमिशनको खेलले प्रसारण नै अवरुद्ध हुने अवस्थामा नेपाल टेलिभिजन, भइरहेछ यतिसम्मको निकृष्ट हर्कत


काठमाडौं, चैत १५ । नेपाल टेलिभिजनमा नयाँ कार्यकारी अध्यक्ष नियुक्ति भएसँगै कमिसनखोर कर्मचारीहरूको मनोबल ह्वात्तै बढेको छ । कमिसनको खेलमा यतिसम्म निर्लिप्त छन कि लामो समयसम्म सेटेलाइटको भाडा नतिरे बापत् उक्त कम्पनीले बारम्बार भुक्तानी पठाउन ताकेता गरेको र भुक्तानी प्राप्त नगरेमा प्रसारण अवरुद्ध हुन सक्ने भनी दुई तीन पटक मिति नै किटान गरेर पत्राचार गरिसकेको छ । तर यति संवेदनशील विषयमा पनि  भ्रष्ट गिरोह टसमस  भएकै छैन ।

टेलिभिजन स्रोतका अनुसार प्रसारण अवरुद्ध होस तर कमिसन नपाई फाइल अगाडि नबढाउने अडान  उनीहरुले लिइनै रहेका छन र हालको सेटेलाइटबाट मागेजती कमिशन नपाए आफ्नो पकडको अर्को सेटलाईट जुन एसेट (asiasat) हो त्यसमा जाने वातावरण मिलाएर राखेका छन । यो कार्य गराउन हालका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहको स्पष्ट निर्देशन रहेको स्रोतको भनाई छ ।

विषयवस्तु अत्यन्त सामान्य छ । नेपाल टेलिभिजनका इन्जिनियरहरुले, व्यवस्थापनका कर्मचारीहरुले, बोर्डका सदस्यहरु, महाप्रबन्धकले ठूलो मेहनत र छलफल गरी स्टाटालाइटलाई तिरिरहेको भाडालाई उल्लेख्य रुपमा घटाई हालको सेटेलाइटको भाँडा दरलाई यसमा लाग्ने करबाहेक $2000 मा  झारे । यो कार्य गर्न महिनौं लाग्यो र मन्त्रालयका प्रतिनिधि समेत बसेर पटकपटक छलफल गरेर निष्कर्षमा पुगियो, सञ्चार मन्त्रालयका हालका सचिव बैकुण्ठ अर्यालको समेत यसमा पूर्ण स्वीकृति थियो र नेपाल टेलिभिजनको सञ्चालक समितिले समेत यसलाई अनुमोदन गर्यो।

सम्बन्धित कम्पनीले कुनै पनि कर नलाग्ने गरी दुई हजार डलरमा सहमति जनाई सम्झौता गर्यो। यसबाट नेपाल टेलिभिजनलाई ठूलो आर्थिक फाइदा भयो तर उक्त गिरोहको उद्देश्य अर्कै थियो जसरी पनि यो सेटेलाइट लाई विस्थापन गरी आफू एजेन्ट भएको कमसल सेटेलाइट भित्र्याउने र नेपाल टेलिभिजनको हालको व्यापक पहुँच जुन १४० भन्दा बढी देशहरुमा छ यसभन्दा धेरै कम मुलुकमा पुग्ने सेटेलाइट सँग सम्झौता गरी मूल्य घटाएको बहाना पनि गर्ने  र त्यसको वास्तविक मूल्यभन्दा झण्डै दुइ गुणा बढी मूल्य तिरी ठूलो आर्थिक चलखेल गर्ने । यस्ता गम्भीर षड्यन्त्र गरेको तथ्य छिटै पर्दाफास हुँदैछ। यसमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिर जङ्ग शाह, सूचना तथा प्रविधि मन्त्रालयका केही पदाधिकारीसमेत प्रत्यक्ष संलग्न भएको बुझिएको छ ।

नेपाल टेलिभिजनको सञ्चालक समितिले निर्णय गरिसकेको विषयलाई कमिसनको लोभमा डरलागदो भ्रष्टाचारको डिजाइन गरी संस्थालाई धराशायी पारी समाप्त पार्न स्वयं जिम्मेवार निकायका पदाधिकारी लागेका छन्।कर बाहेकको रकममा सम्झौता भइसकेको मा फेरि गिजोलेर कर समेत उसैले बेहोर्ने गरी भुक्तानी पठाउने, त्यसो गर्दा  सम्बन्धित कम्पनीले नमान्ने र विवाद उत्पन्न हुने र प्रसारण अवरुद्ध हुने स्थिति सिर्जना गर्ने र यसै बहानामा आफ्नो सेटेलाइट सँग सम्झौता गर्ने प्रपञ्च स्पष्ट रुपमा देखिएको छ । यही योजना कार्यन्वयन गर्न प्रशासनका डिजिएम बिष्णुराम न्यौपानेलाई Engineering का डिजिएमले  हेर्ने बोलपत्र मूल्यांकन समितिको संयोजकसमेत अध्यक्ष समिर जङ्ग शाहले नियुक्त गरिसक्नु भएको छ । बामपन्थी विचार राख्ने आरोप लगाई संस्थानका इमान्दार कानुनी सल्लाहकारलाई हटाई कागजपत्र मिलाउन आफ्नै पकडका जुनियर तहका कानुनी सल्लाहकार समेत नियुक्त गरिसक्नु भएको छ ।

अब ठूल्ठूला चुनावहरु आउदैछन् चुनाबको मुखैमा संसारको ठूलो हिस्सामा पुग्ने सेटेलाइट को पहुँच खुम्चाई, व्यापक भ्रष्टाचार गरी नेपाल टेलिभिजन  blackout हुन सक्ने सम्मको  स्थिति निम्त्याइदै छ र स्वयं कार्यकारी अध्यक्ष शाह सक्रिय भई उल्टै सञ्चालक समितिमा वामपन्थीहरूको वर्चस्व रहेको आरोप लगाइ बर्खास्त गर्न तिर लागेका छन् । चुनावको  मुखैमा राज्यद्वारा सञ्चालित  टेलिभिजनलाई धरासायी बनाउने, भ्रष्टाचारमा लिप्त रहने प्रवृत्ति पर्दाफास गर्न आसन्न चुनावमा समेत ठूलो चुनावी एजेण्डा बन्ने निश्चित छ र भ्रष्टाचारको विरुद्धमा रहेका प्रमुख पार्टीहरुले समेत यसलाई जोडदाररुपमा उठाइ भ्रष्टहरूको कर्तुतलाई नांगेझार पार्ने कुरा शतप्रतिशत निश्चित छ ।

संस्थान संचालन निर्देशिकाले निर्देशन गरे बमोजिम प्रादेशिक च्यानलहरुमा निर्देशक तह १० तहको  कर्मचारीद्वारा सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै ९ तहका कर्मचारीलाई समेत बेवास्ता गरी चुनावमा एकलौटीरुपमा कांग्रेसि एजेण्डा स्थापित गर्न आठौं तहका कनिष्ठ कर्मचारी लाई पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारीहरुलाई कार्यकारी अध्यक्षले कोठामा एक्लै बोलाउँदै धम्काउदै मार्गप्रशस्त गर्न दबाब दिएका छन् र उनले भनेबमोजिम मार्गप्रशस्त नगरेमा आगामी दिनहरुमा कार्यसम्पादनको मुल्यांकन  नम्बरमा पछाडि पार्ने  चेतावनीसमेत दिएका छन् ।

बिनाप्रतिस्पर्धा आठौं तह भन्दा माथिको कर्मचारीको सेवा सुविधा दिएर कांग्रेसी कार्यकर्ता बिपि उपाध्यायलाई  news line कार्यक्रमको जिम्मेवारी सुम्पिएका छन् । पाँच तह भन्दामाथिको पदमा अयmउगतभच यउभचबतयच  को दरबन्दी पदपुर्ति गर्न नपाउने प्रावधानलाई कुल्चिएर आफ्नो नजिकका कार्यकर्तालाई छैटौं तहको कम्प्युटर अपरेटर नियुक्ति दिलाई आफ्नो सचिवालयमा निजी सचिवको रुपमा पदस्थापना गराइएको छ ।

सम्पूर्ण अफिसियल कागजातको गोप्य जनकारी रहने उक्त ठाउँमा करारको कर्मचारीलाई निजी सचिवको रुपमा चोरबाटोबाट घुसाउनुलाई कर्मचारीहरुले कमिसनको सेटिङको अस्त्रको रुपमा लिएका छन् । विपक्षी दलका कर्मचारीहरुलाई कर्के नजर लगाउँदै हिडेका उहाँले गर्न लागेको आन्तरिक सरुवाको लिस्ट नेपाल टेलिभिजनको क्यान्टिनमा चालकदेखि समाचार सम्पादक सम्मले पढेर सुनाउने गर्नुभएको छ ।  शालिकराम सुवेदी र प्रदीप चापागाईं आफू-आफै कार्यकारी अध्यक्ष कोठामा गरेको झगडा कर्मचारीहरु माझ चर्चाको विषय बनेको छ।

योग्यता र प्रक्रिया मिचेर मापदण्डमा तोकिएको भन्दा बढी सेवा सुविधा पाउने गरी कांग्रेसी कार्यकर्ताहरुलाई बढी सेवा सुबिधा पाउनेगरि भर्तिकेन्द्र बनाइएको छ। कोहलपुरमा कांग्रेसी कार्यकर्ता बमबहादुर खड्काका छोरालाई विधि प्रक्रिया मिचेर ठाडो तोक आदेशमा अफिसको camera सिकाएर जागिर दिने तयारी गरिएको  छ ।

विना योग्यताको निजलाई अत्यन्त संवेदनशील मानिने  प्रसारण स्टुडियोको  समाचार प्रसारणको समयमा समेत क्यामेरा चलाउन दिने गरिएको छ।  यसरी आएको द्धछ दिन नपुग्दै  सालिक सुवेदी, प्रदिप चापागाई, अनिता विन्दु र आलोक तिवारीहरुको योजनामा इमान्दार कर्तव्यनिष्ठ कर्मचारीहरूको मनोबल गिराउने कार्य सुरु भइसकेको छ  । निजको रवैया यस्तै रहेमा ६ महिना भित्र तलब खान समेत  धौधौ पर्ने चिन्ता कर्मचारीमा छ ।