काठमाडौं, चैत्र १८ । तीन दिने औपचारिक इण्डीया भ्रमणमा रहेका प्रधामन्त्री शेरबहादुर देउवालाई इण्डीया सरकारले एयरपोर्टमै अपमान गरेको छ । कुटनितीमा सानो-सानो कुराको पनि खास महत्व रहेको हुन्छ, कपिपय कुराहरु बोलीले भन्दा पनि व्यवहारले कुटनितीक रुपमा संकेत गरिन्छ।
इण्डीयाले नेपालमा परमादेशबाट प्रधामन्त्री बनेका शेरबहादुर देउवालाई कत्ति महत्व दिएको छ र कुन रुपमा हेरेको छ भन्ने प्रष्ट सन्देश दिएको छ। नेपालबाट दलबल सहित इण्डीया भ्रमणमा गएका देउवालाई मोदी सरकारका एक राज्यमन्त्रीले स्वागत गर्नुभएको छ । यता सडकमा समेत प्रधानमन्त्री देउवाको एकल फोटो र उल्टो नेपाली झण्डा राखिनुले त्यस्को पुष्टि गरेको छ ।

नेपालको प्रधानमन्त्रीलाई इण्डीयाको राज्यमन्त्रीले स्वागत गरे पछि अहिले सामाजिक संजालमा खुबै चर्चा सुरु भएको छ। स्वागतका लागी मोदी सरकारले राज्यमन्त्री पठाउँनुलाई इण्डीयाले देउवालाई दिएको स्तरको रुपमा हेर्नु पर्ने परराष्ट्र मामलाका एक जानकार व्यक्तिले जनता टाइम्ससँग बताउनुभयो । परमादेशबाट प्रधानमन्त्री बनेको भएर हो, की इण्डीयाले खासै धीत खुलाएर देउवालाई स्वागत गरेन ।
उहाँले भन्नुभयो,’देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गर्नुभएको थियो ।’ दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धीअन्तर्राष्ट्रिय विमानस्थलमा भट्टले देउवाको स्वागत गर्नुभएको हो । प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै उहाँ सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा समेत जाने तालिका छ।













प्रतिक्रिया दिनुहोस्