पर्सा, चैत २२ । जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गर्नुभएका चर्चित नेता शिव पटेलले नेकपा एमाले र केपी शर्मा ओलीबाट मात्रै मधेसको सपना पूरा हुने प्रमाणित भइसकेपछि आफू एमालेमा भित्रिएको प्रष्ट पार्नुभएको छ । एमाले अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माण अभियान अघि बढाएर मधेसमा गरेका बिकासको कामले यो कुरा प्रष्ट पारेको तथ्य पनि राख्नुभयो ।
बीरुगञ्जमा आज आयोजित जनसभामा बोल्दै अध्यक्ष ओलीकै सामु पटेलले भन्नुभयो, ‘मधेसको नारा दिएर उपेन्द्र यादवहरुले कुनै काम गरेनन, मधेसी जनताको पक्षमा त केपी ओली नेतृत्वको सरकारले मात्रै काम गर्यो, नागरिकतादेखि बिकाससम्मको काम केपी ओलीबाटै भयो, अरु पार्टी त मधेसी जनतामाथि गद्धारी गरेरै बिताए ।’
कार्यक्रममा बोल्दै पटेलले मधेसका जनता अव उपेन्द्र यादवको गद्धारीलाई माफी नदिने घोषणा पनि गर्नुभयो । उहाँले आगामी बैशाद ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मधेसी जनता सूर्यमा मतदान गरेर केपी ओलीको समृद्ध नेपाल निर्माण महाअभियानमा लागेको प्रमाण दिन आतुर रहेको जनाउ पनि दिनुभयो । ‘उपेन्द्र यादव केपी ओलीलाई भोट दिन सक्छन भने म सिधै केपी ओलीको पार्टीी मा किन जान सक्दिन । मैले उहाँकै पार्टी रोजे मधेसी जनताको सपना पूरा गराउने,’ पटेलले भन्नुभयो ।
भिडियो सौजन्य : यात्रा डेली













प्रतिक्रिया दिनुहोस्