जनता टाइम्स

२४ चैत्र २०७८, बिहीबार १८:१३

एमालेमय बन्यो बर्दिया, कांग्रेसबाट निर्वाचित उपमेयर र वडाध्यक्षसहित दुई हजार बढी नेता-कार्यकर्ता एमाले प्रवेश


बर्दिया, २४ चैत । बर्दिया, चैत २४ । नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर र वडाध्यक्षसहित दुई हजार बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।

आज आयोजित नेपाल भूमिहीन सुकुम्बासी संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपमेयर र वडाध्यक्षसहितका नेताहरुलाई एमालेमा स्वागत गर्नुभएको छ ।

एमाले प्रवेश गर्नेमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित गुलरिया नगरपालिकाकी उपप्रमुख सुशीला गिरी र गुलरिया ६ बाट निर्वाचित वडाध्यक्ष निरज शर्मालगायत हुनुहुन्छ । आजको पार्टी प्रवेशसँगै बर्दिया एमालेमय बनेको छ ।