काठमाडौं, चैत २६ । माफिया राज चलाउन अर्थमन्त्री जनार्दन शर्मा नै सक्रिय बनिरहेको तथ्य बाहिर आएको बेला सरकारले आफै नांगेझार हुने काम गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई रोकेको कारण प्रतिशोध साँध्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी छानविन समिति बनाएपछि देउवा सरकार आफै नांगेझार बनेको तथ्य बाहिर आएको छ । सरकारले गभर्नर अधिकारीमाथि छानविन गर्न अर्थमन्त्री शर्माका दाजु पुरूषोत्तम भण्डारीलाई संयोजक बनाइएको छ । शर्माको बदमासी ढाकछोप गरी गभर्नरमाथि दोष थोपर्न पूर्वन्यायाधीशसमेत रहनुभएका अर्थमन्त्रीका दाजुलाई समितिको संयोजक बनाइएको हो ।
सरकारले अर्थमन्त्रीले आदेश दिँदा पनि अबैध ४० करोड रूपैयाँ भित्र्याउन नदिएको बरू उल्टै मिडिया मार्फत त्यस विषय छताछुल्ल पारिदिएको आरोप लगाएर गभर्नर अधिकारीमाथि छानविन गर्न भन्दै सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरूषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी समिति बनाएको हो । संयोजक भण्डारी अर्थमन्त्री जनार्दनका दाजु हुन ।
यसअघि देउवा सरकारले स्रोत नुखुलेको ४० करोड रूपैयाँ छुटाउन गभर्नर अधिकारीमाथि दबाब दिएको थियो । तर गभर्नर अधिकारीले कानून बाहिर गएर कुनै काम नगर्ने अडान लिएपछि निलम्बन गरेको तथ्य बाहिर आइसकेको छ । मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक लिखित र मौखिक सुझाव दिँदै आउनु भएका गभर्नर अधिकारीलाई अर्थ मन्त्रालयले निलम्बनको पत्र थमाएको हो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो ।
अछामको बान्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाहको खातामा करिब ४० करोड रुपैयाँ आएको थियो । रकम शंकास्पद देखिएपछि यस विषयमा अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन)ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । शाह र परिवारका नाममा आएको रकम जफत गर्न र उक्त रकम अमेरिकालाई फिर्ता दिन फिनसेनले राष्ट्र बैंकलाई भनेको थियो ।
सो पत्रपछि राष्ट्र बैंकले सम्बन्धित खाता रोक्का गरी अनुसन्धान थालेको थियो । राष्ट्र बैंककै सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेका बेला अर्थमन्त्री शर्माले हस्तक्षेप गरी रकम निकाल्न दिएर मुलुकलाई नै कालोसूचीमा पार्ने गम्भीर षडयन्त्र गर्नुभएको हो । अर्थमन्त्रीको यो गैरकानूनी काममा गभर्नर बाधक बनेपछि निलम्बन गरी दाजुलाई छानविन समितिको प्रमुख बनाइएको हो । ‘अर्थमन्त्रीको बदमासी छताछुल्ल हुने देखेपछि चोख्याउन र गभर्नरलाई नभएको आक्षेप लगाउन आफन्तलाई संयोजक बनाइएको हो,’ सरकारकै एक मन्त्रीले भने ।
जाजरकोट निवासी भण्डारी र अर्थमन्त्री शर्मा सानीआमा ठूलीआमाका नातीहरू हुनुहुन्छ । उहाँहरू सानीआमा ठूलीआमाका नाती भएरमात्र होइन अन्य कुरामा पनि नजिक रहनु भएको छ । सर्वोच्चमा हुँदा शर्मा र माओवादीलाई भण्डारीले धेरै गुन लगाउनु भएको छ । भण्डारीका लागि पनि शर्माले धेरै काम गर्दै आउनु भएको छ । भण्डारी तीनै व्यक्ति हुनुहुन्छ, जसले भरतपुरको मतपत्र च्यातिएको प्रकरणमा प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन पुनः मतदानको आदेश दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्