जनता टाइम्स

२७ चैत्र २०७८, आईतवार ०९:१३

तीन पूर्वअर्थमन्त्रीलाई राखेर एमालेले मुलुकको आर्थिक अवस्थाबारे पत्रकार सम्मेलन गर्ने



काठमाडौं, चैत्र २७ । नेकपा एमालेले तीन पूर्वअर्थमन्त्रीहरूलाई सहभागी गराएर मुलुकको आर्थिक अवस्थाबारे पत्रकार सम्मेलन गर्ने भएको छ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज होटल हिमालय कुपन्डोलमा मध्यान्ह १२ ३० बजे पत्रकार सम्मेलन गर्न लागिएको छ।

उहाँले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न लागेको जानकारी दिनुभयो। कार्यक्रममा पूर्वअर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुनेछन्।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र बिग्रँदै गएको बताउनुभएको थियो।सरकारले गर्भरनरलाई निलम्बन गरेकोलगायत समसामयिक विषयमा पनि एमालेले आज धारणा राख्न लागेको छ।