जनता टाइम्स

१ बैशाख २०७९, बिहीबार १६:१३

चुनावको मुखैमा माओवादीलाई ठूलो झड्का, प्रचण्डको पछि लागिन्न भन्दै जिल्ला सहइञ्चार्ज नै एमालेमा प्रवेश


अछाम, बैशाख १ । नयाँ बर्षकै दिन अछाममा माओवादी केन्द्रका प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, अछाम जिल्लाकन सहईन्चार्ज तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउद आफ्नो टीमसहित एमालेमा प्रवेश गर्नुभएको हो ।

बान्नीगढी जयगढ गाउँपालिकामा एक औपचारिक कार्यक्रमबीच उपाध्यक्ष साउदसहित नेताहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्षसमेत रहनुभएका साउँद २ सय ५० भन्दा बढी स्थानीय नेता–कार्यकर्तासहित एमाले प्रवेश गर्नुभएको हो । जयगढमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बोहरा, सहइन्चार्ज यज्ञ बोगटी, एमाले सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सदस्य शिवप्रसाद उपाधयाय, जिल्ला अध्यक्ष चन्द्रबहादुर बोहरालगायतले स्वागत गर्नुभयो ।

यसरी एमाले प्रवेश गर्नेमा माओवादी केन्द्रका जिल्ला सदस्य, गाउँ कमिटी अध्यक्ष, वडा कमिटी र भातृ संगठनका गरेका २ सय ५० नेता–कार्यकर्ता एमाले प्रवेश गरेका एमाले अछामका नेता नवराज साउँदले जानकारी दिनुभयो । एमाले वास्तविक जनताको पार्टी भएकोले सोही पार्टीबाट नागरिकको सेवामा जोडिएको भनाइ छ ।

साउदले पुष्पकमल दाहाल प्रचण्डको पछि लागेर कसैले पनि भविश्य बर्वाद पार्न नहुने बताउनु भयो । बाँकी रहेका स्थानीय नेता–कार्यकर्ता केही दिनमै प्रवेश गर्ने स्थानीय नेताको भनाइ छ । माओवादी, समाजवादी र अन्य पार्टीबाट एमाले प्रवेशको क्रम जारी रहेको साउँदको भनाइ छ ।