जनता टाइम्स

४ बैशाख २०७९, आईतवार ०८:३८

अर्थमन्त्री जनार्दनले संरक्षण गरेका शाहको शंकास्पद कनेक्सन, भेटियो यतिसम्मको बदमासी


काठमाडौं, बैशाख ४ । अर्थमन्त्री जनार्दन शर्माद्वारा संरक्षण गर्न खोजिएका अछामको दर्ना ८ का पृथ्वीबहादुर शाहको गैरकानुनी धन्दाको रहस्य एकपछि अर्को गर्दै खुल्न थालेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शाहको गैरकानुनी धन्दामा अवरोध बनेपछि अर्थमन्त्री शर्माले गभर्नरलाई नै निलम्बित गराउनु भएपछि गैरकानूनी धन्दा एकपछि अर्काे गर्दै खुल्न थालेको हो ।

यस प्रकरणसँगै अर्थमन्त्री शर्मा विवादमा तानिनुभएको छ । संदिग्ध शाहको विभिन्न गैरकानुनी धन्दाको कनेक्सन खुल्दै जान थालेको छ । शाहले अमेरिकाबाट ४० करोड रुपैयाँबराबरको शंकास्पद रकम भित्र्याउन चलखेल गर्दै आइरहेका थिए । अनुसन्धान गर्ने अमेरिकी सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क ९फिन्सेन०ले शाहको सो रकम र त्यसको लगानीको स्रोत’ शंका गर्दै नेपाल राष्ट «बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो ।

अमेरिकाको सो पत्रअनुसार राष्ट्र बैंकले शाहको रकम रोक्का गर्दै त्यसको विस्तृत छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकको सो पत्राचारसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थाले पनि अर्थमन्त्री शर्माले विभिन्न पक्षलाई प्रयोग गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानलाई पनि सुस्त बनाउन खोजेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार शर्मा अर्थमन्त्री भएपछि संदिग्ध प्रवृत्तिका शाहले शंकास्पद ४० करोड रुपैयाँ नेपाल भित्र्याउन अर्थ मन्त्रालयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धाउने क्रम बढाउनु भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत छ ।

त्यसैले अर्थमन्त्री शर्माले यस प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रयोग गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि अनावश्यक हस्तक्षेप बढाउन खोजेको स्रोतको दाबी छ । यद्यपि, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने कसैको दबाब आए पनि त्यसलाई अस्वीकार गरी शंकास्पद रकमको अनुसन्धानलाई सशक्त पारिने जनाएको छ ।

शंकास्पद कारोबार गर्दै आइरहेका शाहले आधा दर्जन बढी कम्पनी खोलेर एउटै विवरण र बेहोरा राखी करोडौं रुपैयाँ अमेरिकाबाट नेपाल भित्र्याउने प्रयास गर्दै आइरेहको पाइएको छ । शाहलेले विभिन्न व्यापार, रेमिट्यान्स र आर्थिक लगानी सम्बन्धी कम्पनी स्थापना गरी ती कम्पनीमार्फत गैरकानुनी रूपमा रकम भित्र्याउन खोजेको देखिएको हो । त्यस क्रममा उनले केही रकम भने नेपाल भित्र्याइसकेको राष्ट्रबैंक स्रोतले जानकारी दिएको छ ।

सम्पत्ति शुद्धीकरणले भने त्यसरी नेपाल भित्र्याइसकेको सम्पत्तिको पनि थप खोजी गरिने जनाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानक्रममा निज पृथ्वीबहादुर शाह र अन्य केही व्यक्तिको मिलिमतोमा वल्र्ड ट्राभल्स एन्ड इन्भेस्टमेन्ट प्रालि, वल्ड फस्ट होलिडे प्रालि, वल्र्ड वाइड रेमिट प्रालि, वल्र्ड एक्सपोर्ट एन्ड इम्पोर्ट, टाइम्स टुडे पिस होलिडे, इन्भारोमेन्ट प्रालिलगायतका कम्पनी खोली अमेरिकाका विभिन्न सहरबाट रकम भित्र्याएको पाइएको छ । ‘शाहको कारोबार र उनको कनेक्सन धेरै नै शंकास्पद देखिन्छ,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीको भनाई उधृत गर्दै राजधानी दैनिकमा प्रकाशित समाचारमा भनिएको छ ।