जनता टाइम्स

५ बैशाख २०७९, सोमबार १८:५५

बिहानदेखिको सत्ता गठबन्धनको बैठक सकियो, अझै भएन सहमति


काठमाडौं, ५ वैशाख । सत्ता गठबन्धनको बैठक सकिएको छ । आज बिहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न भने सकेन ।

महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक दुई चरणमा बसेको थियो । नेताहरुले बैठक सहमतिनजिक पुगेको दाबी गरेका छन् । बैठक भोलि बिहान ११ बजे बस्ने गरी सकिएको छ ।