जनता टाइम्स

८ बैशाख २०७९, बिहीबार १२:५५

चौकुने गाउँपालिकामा एमालेले सर्वसम्मत टुंग्यायो अध्यक्ष र उपाध्यक्षको उम्मेदवार


सुर्खेत, बैशाख ८ । नेकपा एमालेले सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

चौकुने गाउँपालिका कमिटीका अध्यक्ष हरि अधिकारी र उपाध्यक्ष निर्मला राना मगरलाई अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको सो पार्टीले जनाएको छ । बुधबार बसेको बैठकले अधिकारी र मगरको नाम सर्वसम्मत रूपमा जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

अध्यक्षका उम्मेदवार अधिकारी २०५३ सालदेखि पार्टीको भ्रातृ संगठन अनेरास्ववियुको इलाका कमिटी सह सचिव, २०६८ क्षेत्रीय कमिटी सचिव, २०७२ देखि २०७८ सम्म जिल्ला कमिटी सचिवालय सदस्य र २०७८ देखि एमाले चौकुने गाउँ पालिका कमिटीको अध्यक्ष हुनुहुन्छ ।

राना अहिले पनि गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ । उहाँ अनेम संघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।