यस पटकको टु प्लस टु सम्वादमा भारतको नेतृत्वलाई हिन्दमहासागरीय क्षेत्रमा अब्वल बनाउनको लागि सामरिक र आर्थिक सहयोग बढाउन अमेरिका प्रतिवद्ध देखिएका छन् । युक्रेनको युद्धको पराकम्पनवाट विश्वमा खाद्यान्न संकटको चूनौतीको सामना गर्न समेत भारत अमेरिका एक मत देखिएको छ । फाइव जी लगायत उच्च प्रविधिको विकास, संयुक्त सैनिक अभ्यास, हिन्दमहासागरीय क्षेत्रमा प्रजातान्त्रिक गोलावन्दी र आसियान मुलुकहरूसंगको सहकार्यमा पनि दुई देश संकल्पित देखिएका छन् ।
विपिन देव
दिपक्षीय सम्वन्धलाई धनीभूत बनाउन टु प्लस टु सम्वादको संयन्त्रलाई कूटनीतिमा प्रचुर मात्रामा प्रयोग गरेको पाइन्छ । विगतका दिनमा भारतले टु प्लस टु को संयन्त्र जापान, अष्ट्रेलिया, रसियाका साथै अमेरिकासंग परिचालित गरेको छ । टु प्लस टु सम्वादमा दुई देशका परराष्ट्र मन्त्री र रक्षामन्त्रीको सहभागिता हुने गर्दछ । वदलिदो परिवेशमा अमेरिका र भारतबीच व्यापक समझादारी पनि बढेको छ भने विभिन्न मुद्दाहरू मतभेद र मनभेद पनि देखिएको छ । अमेरिका र भारत विच टु प्लस टु सम्वादको थालनी विद्युतीय माध्यमवाट भारतका प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति वाइडेनले गरेका थिए । अर्थात् दुई देशका मन्त्रीस्तरीय वैठकको आवश्यक पृष्ठभूमि दुई देशमा राष्ट्रिय अध्यक्षहरूले निर्माण गरेका थिए ।
सन् २०२२ अप्रिल ११ मा टु प्लस टु को सम्वाद वासिंगटनमा सुरु भएको थियो । भारत अमेरिकाको ७५ औं दौत्य सम्वन्धलाई भारत र अमेरिकाले उत्सवको रुपमा मनाइरहेका छन् । अमेरिकामा ४.४ मिलियन भारतीय मुलका मान्छेहरू बसोवास गरिरहेका छ । योग्यता, क्षमता र दक्षतामा अब्वल मानिने भारतीय समुदायको प्रभाव अमेरिकी जन(जीवनको हरेक क्षेत्रमा महसुस गर्न पाइन्छ । अमेरिकाका विभिन्न विश्व विद्यालयहरूमा दुई लाख भारतीय विद्यार्थीहरू अध्ययन गरिरहेको अवस्था छ ।
अर्को शब्दमा भन्ने हो भने अमेरिका र भारत विच भएको टु प्लस टु सम्वादलाई अमेरिका र पश्चिमा जगतले वडो चाखलाग्दो ढङ्गले अवलोकन गर्ने गर्दछ । चौथौ पटक भएको उक्त सम्वादमा सामिप्यता, समझौता र समझादरीको वावजुद पनि मतभेद र मतभेदका वारेमा पनि वहस भएको देखिन्छ । अर्थात् अन्तराष्ट्रिय मञ्चमा युक्रेनको विषयमा भारतको मौनता र तटस्थता अमेरिका लगायत पश्चिमा जगतलाई पाच्य छैन । अर्को तर्फ कूटनीतिक वृतमा भारतलाई प्रश्नको घेरा सदैव राख्ने चीनिया विदेश नीतिले भारतको तटस्थतालाई स्वतन्त्र परराष्ट्रनीतिको उदाहरणको रुपमा व्याख्या गरेका छन् ।
चीनिया कम्युनिष्ट पार्टीका मुखपत्र ग्लोवेल टाइम्सले भारतको पक्षमा उदुघोष वारम्वार गरिरहेको देखिन्छ । यस पटकको टु प्लस टु सम्वादमा भारतले रसियावाट गरिरहेको उर्जा आयातको वारेमा पनि वहस भएको पाइन्छ । भारतीय पक्षको नेतृत्व गर्दै भारतका परराष्ट्र मन्त्रीले भारतको अडान वडो धिरता र गम्भीरताका साथ प्रस्तुत गरेका थिए । अर्थात् भारतको उर्जा आयातलाई युरोपको रसियासंग भइरहेको उर्जा आयातलाई तुलनात्मक रुपले व्याख्या गर्दै उनले प्रष्ट भनेको छन् कि युरोपले १ दिनमा किन्ने उर्जा भारतमा महिनामा पनि समेत खरिद गरेको छैन ।
सांकेतिक भाषामा युरोप र अमेरिकालाई भारत माथि कुनै किसिमको दवाव दिन नैतिक सार्मथ्य नभएको कुरा कुरा डा. जयशंकरको तर्क रहेको छ । अर्थात् भारतले आप्mनो रसिया र युक्रेन नीतिलाई उक्त सम्वादको माध्यमवाट प्रष्ट पारेका थिए । भारतको विभिन्न सञ्जाल र सम्वादको माध्यमवाट हिंसालाई भर्तसना गरेका छन् भने मानवीय संवेदना र सहानभूतिलाई आत्मसाथ गर्दै खाद्यान्न र औषधी समेत युक्रेनका जनतालाई उपलब्ध गराएका छन् । विगतका दिनमा भारतको रसिया नीति प्रति स्वंय वाइडेनले पनि खेद प्रगट गरेका छन् । तर यस पटकको सम्वादमा अमेरिकी सेकेरट्री अ‘फ स्टेट विलकनले सन्तुलिन भाषामा भारतलाई सम्वोधित गरेका थिए ।
अर्थात् भारत-रसियाको लामो दौत्य र मैत्री सम्वन्धलाई स्वंय विलकनले स्वीकार गरेका थिए । साथ(साथै भारतलाई प्रजातान्त्रिक मुलुकहरूको कित्तामा उभेर मानवअधिकार र कानुनी राज्यको पक्षमा उभिन समेत अपिल गरेका थिए । आप्mनो सम्वोधनको क्रममा विलंकनले विगतका दिनमा अमेरिकाले भारतका भइरहेको मानवअधिकार हननलाई अनुगमन गरिरहेको कुरा समेत धुमाउरो र कूटनीतिक भाषामा उल्लेख गरेका थिए भने प्रत्युतरमा डा. जयशंकरले अमेरिका पनि मानव अधिकार हनन भइरहेको कुरा उल्लेख गरेका थिए ।
यस पटकको सम्वादमा मतभेद पनि देखिएको थियो । तर टु प्लस टु सम्वादको पृष्टभुमिमा अमेरिकाका विख्यात विश्व विद्यालय हार्वडले अमेरिका(भारत समवन्धको महत्वलाई आलोकित गर्न दुईवटै परराष्ट्रमन्त्रीहरूलाई निमन्त्रणा गरेका थिए । हार्वड विश्व विद्यालयमा भएको उक्त व्याख्यानले अमेरिका(भारत सम्बन्धमा विभिन्न अध्यारो कुनालाई प्रकास पारेका छन् । हार्वडको मञ्चलाई अवसरको रुपमा प्रयोग गर्दै डा. जयशंकरले शिक्षाको माध्यमवाट नै अमेरिका र भारतका विच सामिप्यताको घनत्व बढेको कुरा जिकिर गरेका छन् । अर्थात् विश्वविद्यालयले अमेरिका भारत विच मस्तिस्कदेखि मुटुको सम्वन्ध गासिएको कुरा डा. जयशंकरले उल्लेख गरेका थिए । व्याख्यानमालामा भारत अमेरिकाको संयुक्त प्रयासमा “गान्धी लुथर” सोध संस्था खोल्ने समेत प्रतिवद्धता जाहेर भएको छ । स्वच्छ उर्जा, कोभिड निवारण जस्ता विभिन्न उच्च स्तरिय शोधकार्यमा अमेरिका-भारत शोधसंस्थानहरूले संयुक्त रुपमा सहकार्य गरिरहेको कुरा समेत डा. जयशंकरले उल्लेख गरेका थिए ।
हार्वडको उक्त व्याख्यानमा विलंकन भावुक देखिएका थिए । भारत अमेरिकी सम्वन्धको वारेमा गान्धी, टुम्यान र मार्टीन लुथर जस्ता व्यक्तित्वहरूको कृतीत्वलाई उल्लेख गर्दै भारत र अमेरिका विच जनस्तरको सम्वन्धलाई धनीभूत बनाउ‘न ज्ञान र विज्ञानमा सहकर्मको लागि उनले जोड दिएका थिए । साथ साथै सौर्य उर्जाको क्षेत्रमा भारतले प्राप्त गरेको सपलतालाई उच्च मूल्याङ्कन गर्दै अमेरिकी सरकारले ५०० मिलियन अमेरिकी डलर भारतलाई सहयोग गरेको कुरा पनि उनले सार्वजनिक गरेका थिए । टु प्लस टु सम्वादमा पश्चिमा सञ्चार माध्यमले अमेरिकी नीतिलाई प्रश्नको घेरामा राखेका थिए । एक सम्वाद दाताले भारत हतियारको लागि रसियाको कित्तामा जानु अमरिकी सामरिक असफलता हो भन्ने कुरा उल्लेख गरेका थिए ।
यस पटकको टु प्लस टु सम्वादमा भारतको नेतृत्वलाई हिन्दमहासागरीय क्षेत्रमा अब्वल बनाउनको लागि सामरिक र आर्थिक सहयोग बढाउन अमेरिका प्रतिवद्ध देखिएका छन् । युक्रेनको युद्धको पराकम्पनवाट विश्वमा खाद्यान्न संकटको चूनौतीको सामना गर्न समेत भारत अमेरिका एक मत देखिएको छ । फाइव जी लगायत उच्च प्रविधिको विकास, संयुक्त सैनिक अभ्यास, हिन्दमहासागरीय क्षेत्रमा प्रजातान्त्रिक गोलावन्दी र आसियान मुलुकहरूसंगको सहकार्यमा पनि दुई देश संकल्पित देखिएका छन् ।













प्रतिक्रिया दिनुहोस्