जनता टाइम्स

१२ बैशाख २०७९, सोमबार ०८:१६

विराटनगरमा एमालेले बनायो सागर र शिल्पालाई प्रमुख-उपप्रमुखको उम्मेदवार


बिराटनगर, बैशाख १२ । नेकपा एमालेले विराटनगर महानगरपालिकामा नयाँ पुस्तालाई टिकट दिएको छ । एमालेले मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

सागर महानगर कमिटी अध्यक्ष हुनुहुन्छ भने शिल्पा अनेमसंघ महानगर अध्यक्ष हुनुहुन्छ । एमालेले हेविवेट नेताहरुको दाबीलाई रोक्दै पपुलर उम्मेदवारलाई टिकट दिएको हो । सागर र सिल्पा दुवै युवा तथा बिराटनगरमा पपुलर हुनुहुन्छ ।