जनता टाइम्स

१२ बैशाख २०७९, सोमबार १३:५६

एमालेबाट काठमाडौं महानगरमा केशव स्थापितले मेयर र सुनिता डंगोलले उपमेयरमा गराए उम्मेदवारी दर्ता


काठमाडौं, बैशाख १२ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गराएको छ ।

पार्टीको तर्फबाट मेयरमा निर्वतमान वाग्मती प्रदेशसभा सांसद केशव स्थापितले उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ पूर्व मिस नेवा हुनुहुन्छ ।

काठमाडौं महानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचन एमालेले जितेको थिाये । राप्रपासँग गठबन्धन गरेर चुनाव लडेको एमालेबाट विद्यासुन्दर शाक्य मेयर बन्नुभएको थियो ।

आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारबाट मनोनयन दर्ता जारी छ । साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउने समय निर्वाचन आयोगले दलहरुलाई उपलव्ध गराएको छ ।