जनता टाइम्स

१९ बैशाख २०७९, सोमबार २१:०१

कटारीमा माओवादीले दियो धोका, वागी उम्मेदवारलाई भोट दिन आन्तरिक सर्कुलर


उदयपर, बैशाख १९ । स्थानीय निर्वाचन नजिंकिदै गर्दा कटारीमा स्वतन्त्र अर्थात वागी उमेद्वारहरुको समेत चर्चा बढ्दै गएको छ । तर पार्टीबाट उम्मेद्वारी नपाएपछि स्वतन्त्र बनेकाहरुलाई पार्टीले कार्वाही समेत गरिरहेको छ ।

तर नेकपा माओवादी केन्द्रले भने स्वतन्त्र पदमा कटारीको नगर प्रमुख मेयर पदका उमेद्वार केपी बराललाई अझै पनि कार्वाही गरेको छैन् । माओवादी केन्द्रले काँग्रेससँग कटारीमा गठबन्धन गरी मेयरमा काँग्रेसका राजेशचन्द्र श्रेष्ठ र माओवादीका विनोद कटुवाल दिवश उपमेयरमा निर्वाचनको मैदानमा छन ।

तर गएको २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा पराजित भई यसपटक स्वतन्त्रबाट उमेद्वार बनेका बराललाई माओवादीले समर्थन गरेको पनि छैन भने कार्वाही पनि गरेको छैन । बरालले आफु माओवादीकै नेता भएको दाबीका साथ माधबकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादीसँग गठबन्धन गरी चुनावि मैदानमा उत्रिनुभएको छ ।

बराल जेब्रा घाडो चुनाब चिन्हका साथमा चुनावि मैदानमा हुँदा स्वतन्त्रबाट मेयरकै उमेद्वार बनेका एमाले नेतृ भिमकुमारी राउतलाई एमालेले पार्टीबाट निष्कासन गरेको जनाईसकेको छ । राउत प्रदेश कमिटीका सचिवालय सदस्य तथा अनेमसंघका केन्द्रिय सदस्य हुनुहुन्थ्यो । राउतलाई एमालेको प्रदेश कमिटीले पार्टीबाट निषकासन गरेको जनाएको हो । त्यसैगरी काँग्रेसबाट कटारीको उपमेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका काँग्रेस प्रदेश २ को ख का सभापति कृष्ण थापालाई पनि पार्टीले कार्वाही गरेको जनाईसकेको छ ।

काँग्रेस जिल्ला कमिटी उदयपुरले कटारीमा स्वतन्त्र उमेद्वारी दिने मनकुमारी भुजेल र वालकृष्ण थापालाई समेत साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको जनाईसकेको छ । माओवादी केन्द्रका वागी उमेद्वारीको विषयमा भने माओवादी केन्द्रको कुनै पनि आधिकारिक कार्वाहीको बारेमा पार्टीले सार्वजनिक गर्न सकेको छैन् ।