जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार १६:३४

निर्वाचन आयोगको ‘नोटिस’मा देउवा पत्नि आरजु राणाको अभिव्यक्ति


काठमाडौं, २३ बैशाख । निर्वाचन आयोगले ‘सत्तारूढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको एक अभिव्यक्तिलाई ‘नोटिस’मा राखेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहनुभएको राणाले बिहीबार डडेलधुरा पुगेर कांग्रेसले मेयर नजितेका पालिकामा बजेट नपठाइने चेतावनी दिनुभएको थियो ।

‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ ?,’ उहाँले भन्नुभएको थियो,‘यो कुरा ध्यान दिएर करुवासरुवा पार्टीलाई भोट नहाल्नूस् ।’ उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै आयोगले नोटिसमा राखेको आयोगका एक उच्च पदाधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अभिव्यक्ति आयोगको नोटिसमा परेको छ । अध्ययन गरिरहेका छौँ ।’