जनता टाइम्स

२४ बैशाख २०७९, शनिबार १५:५१

एमालेलाई समर्थन गर्दै माओवादी केन्द्रका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी


अर्घाखाँची, बैशाख २४ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १० मा नेकपा माओवादी केन्द्रका तर्फबाट वडाअध्यक्ष उम्मेदवार रवि बेल्बासेले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

माओवादी नेता बेल्वासेले बिज्ञप्ती नै जारी गरी एमाले उम्मेदवारलाई जिताउन अपिल गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभएको हो । नगरपालिकाको अध्यक्षमा पाँच दलीय गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भए पनि वडामा सबै दल एक्लाएक्लै भिडेका थिए ।

चुनावी मिति नजिकिँदै जाँदा माओवादी उम्मेदवारले एमालेलाई सघाउने घोषणा गरेका हुन । सो वडा माओवादीको प्रभाव क्षेत्रको रुपमा चिचिने गरेको थियो । माओवादी उम्मेदवारले सघाउने भएपछि एमाले उत्साहित बनेको छ ।