जनता टाइम्स

२६ बैशाख २०७९, सोमबार ०९:२७

केपी ओलीको गृहनगर दमकमा अघोषित रुपमा गठबन्धन ब्रेक, सहजै जित्ने अवस्थामा एमाले


दमक, बैशाख २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गहृ नगर दमकमा राप्रपासहितभएको गठबन्धन चुनाव अघि नै भताभुंग हुने भएको छ । राजावादी र गणतन्त्रवादीको गठबन्धनका नेताहरु चारतिर फर्केर आफ्ना मात्र उम्मेद्वारलाई विजयी गराउन प्रचारमा लागेपछि गठबन्धन संकटमा परेको हो ।

खासगरी काँग्रेस र राप्रपा मिलेर नेकपा माओवादी केन्द्रलाई साइड लाउने रणनीति बाहिरिएपछि माओवादीले पनि नयाँ ढंगले अघि बढ्ने नीति लिएको एक नेताले बताए । उनका अनुसार तेस्रो ठूलो पार्टी भएपनि चौथो पार्टीलाई उपमेयर दिएर वडा अध्यक्षमा चित्त बुझाएको माओवादीलाई फेरी धोका दिने तयारी बुझेपछि माओवादीका कार्यकर्ता आफ्ना नेतृत्वसँग रुष्ट भएका छन् ।

राप्रपा र काँग्रेस मिलेर आफूलाई पत्तासाफ गर्न लागेपछि माओवादीका भोट तितर वितर हुने भएका छन । उनीहरु आफूलाई बीचमा धोका दिने राप्रपा काँग्रेसलाई देखाइदिने अवस्थामा रहेका माओवादी झापाका एक नेता बताउछन् । राजावादीलाई मेयरमा बोकेर हिडेकोमा रुष्ट भएका माओवादी कार्यकर्तालाई राप्रपाबाट उम्कने उपयुक्त मौका आएको छ ।

राप्रपा र काँग्रेसले मेयर उपमेयर लिएर चारवटा वडामा खुम्च्याइ दिएको माओवादीले उनीहरुलाई भोट नहाल्ने भएपछि रामथापा र रेगिना प्रसाईं तनावमा पर्नुभएको छ । गठबन्धनमा समस्या बढिरहँदा एमाले उम्मेदवार भने मतदाताबीच पुगेर आफ्नो जीत निश्चित गर्न लागेका छन ।