काठमाडौं, २९ बैशाख । नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मुद्दा सुनुवाइका लागि रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ ।एमालेका वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा उनले सांसद पद थमौतीको माग गर्दै रिट दायर गर्नुभएको थियो।
रिट निवेदकहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल समेत हुनुहुन्छ। हाल नेपालबाहेक सबै एमालेमै छन् ।रिटमा नेपालसहितका चार नेताले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी चलाएर राजनीतिक जीवन नै समाप्त गर्ने दूराशयपूर्ण मनोभावना राखी सांसद पदबाट हटाउन खोजेको रिटमा उल्लेख गरेका छन् ।रिटमा २८ फागुन २०७७ तथा ७ चैत २०७७ सँगै ६ वैशाख २०७८ मा एमालेले गरेको निर्णय र सोही निर्णयलाई आधार मानेर ओलीले कारबाही गर्न लागेको पनि उल्लेख छ ।
नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमार्फत उनीहरूले परमादेश पनि माग गरेका थिए ।१३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि रिटको पेसी १० चैत २०७८ मा तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’ भनियो ।













प्रतिक्रिया दिनुहोस्