काठमाडौं, बैशाख २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले पालिकाको चुनाव लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गर्नुभएको छ ।
भोलि शुक्रवार हुन गइरहेको पालिका चुनावका सम्बन्धमा राष्ट्रपतिले आज एक भिडियो सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको बताउनुभयो । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि हुने चुनावमा ढुक्कसँग मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण देशवासीमा अपिल गर्नुभएको छ ।चुनाव लोकतन्त्रको आधारस्तम्भ हो भन्दै देउवाले सन्देशमार्फत चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्था चुस्त बनाएको बताउनुभयो । भोलि देशभर एकै चरणमा पालिका चुनाव हुँदैछ । निर्वाचन आयोगले चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ ।
चुनाव लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव : राष्ट्रपति भण्डारी













प्रतिक्रिया दिनुहोस्