काठमाडौँ, ३० बैशाख । स्याङ्जाको वालिङ नगरपालिका–१४ अर्खलाबासमा मतदाता बोकेको दुर्घटना भएको छ। स्थानीय निर्वाचनका लागि मतदाता ओसार्न प्रयोग गरिएको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परि १३ जनाको मृत्यु भएको छ भने, १२ घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार सिख्रेबाट मतदानका लागि आउँदै गरेको ग २ च ३०२६ नंवरको जिप वालिङ नगरपालिका -१४ पन्चमुलमा दुर्घटनामा परेको हो। घाइते मध्ये ५ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ। जिपमा १५ जना सवार रहेको बुझिएको छ। जिप सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बताइएको छ। भने दुर्घटनाको कारण खुलिसकेको छैन। घटनाको बारेमा विस्तृतमा विवरण आउन बाँकी छ।













प्रतिक्रिया दिनुहोस्